कुरोदय मार्सल आर्ट टोली कोलम्बोतर्फ


काठमाडौं, (नेस)
दोस्रो दक्षिण एसियाली कुरोदय तालिममा सहभागी हुन केआईएफ कुरोदय मार्सल आर्ट संघका ४ सदस्यीय टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ। मार्च ८ देखि ११ तारिखसम्म सञ्चालन हुन तालिममा संघका प्रमुख प्रशिक्षक धीरबहादुर विष्ट तथा सदस्यत्रय राजु पौडेल, अच्युत रिजाल र रवि रिजालले भाग लिनेछन्। नेपालसहित अफ्गानिस्तान, श्रीलंका र भारतको सहभागिता रहने तालिम नेडरल्यान्डका ग्रान्ड मास्टर ह्यान्सी केजीले सञ्चालन गर्नेछन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपालका सर्वाधिक सफल खेलाडी तेक्वान्दोका दीपक विष्ट, संघका उपाध्यक्ष भानबहादुर चन्द, महासचिव सुरेन्द्रसिंह विष्ट, संघका प्रमुख प्राविधिक निर्देशक विसनसिंह खड्कालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार नै बिदाइ गरे।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।