अमिषा सेल्फीमै मस्त



आफ्नो फिल्मी करीअरको सुरुवातमा नै रोमान्टिक थ्रिलर फिल्म कहोना प्यार हे तथा गदर एक प्रेम कहानीजस्ता ब्लक बस्टर फिल्म दिएकी बलिउड सुन्दरी अमिषा पटेल प्रेमका मामलामा पनि अगाडि छिन्।

अमिषा प्रेमी विक्रम भट्टको मायामा यसरी डुबिन् कि उनले आफ्नो करीअर नै भुलिन्। प्रेमीसँगको मायामा डुबेपछि उनको बलिउड करियर पनि डुब्न पुग्यो। यो महशुष उनले प्रेमीसँग ब्रेक अप भएपछि मात्र गरिन्। ब्रेअपपछि उनी आफ्नो करीअर सुधार्नतर्पm लागीन्, तर यति बेलासम्म धेरै ढिला भइसकेको थियो।

अमिषालाई केही फिल्महरू पनि मिल्यो। उनले केही तलेगु र तामिल भाषाका फिल्ममा पनि काम गरीन्। तर सबै असफल भए। हिजोआज अमिषालाई लगातार पार्टीमा देखिन थालिएको छ। उनी फिल्म स्टारहरूसँग सेल्फि लिने कोसिस गर्दै गरेको देखिने भारितय सञ्चार माध्यमले जनाएका छन्। केवल पार्टीहरूमा सहभागी भएपछि कुनै फिल्म मिल्छ कि भन्ने आशामा उनी हुने गरेको समाचारमा जनाइएको छ।

ठुला स्टारहरूसंँग सेल्फी पोस्ट गरेर आफ्नो दबदबा देखाउने कोसिस उनले गरिरहेको समाचारमा उल्लेख छ। तर यसबाट उनलाई कुनै उपलब्धि होला त?

प्रतिक्रिया दिनुहोस्