पाल्पा महोत्सवमा कोही हसाउने कोही नचाउने



कविराज नेपाल, पाल्पा
कोही नचाउने कोही हसाउने त कोही विविध प्रस्तुतिमार्फत दर्शकको वाहवाही र मायामा लालायित भएको अभिव्यक्ति दिने। केही दिन यता पाल्पाको तानसेनमा आयोजित पाल्पा महोत्सव २०७३ मा मनोरञ्जनका साथ दर्शकहरूले यसैगरी खुवै मस्ती गरिरहेका छन्।

तानसेनको टुँडिखेल मैदानमा छ दिनदेखि जारी पाल्पा महोत्सवमा अवलोकनकर्ताहरूको जसरी उपस्थिति थपिँदै गएको छ, त्यत्ति नै दर्शकले मनोरञ्जन पनि लिइरहेका छन्।

गत फागुन १२ गतेदेखि सुरु भएको पाल्पा महोत्सव २०७३ मा तिलकबम मल्ल, अञ्जना सारु, तारा लामिछाने र शान्तिश्री परियार, पशुपति शर्मा, चन्दा कार्की, जानुका पौडेल, प्रेम लामिछाने, पुजा पराजुलीलगायतले गीत गितसंगीत पस्केर दर्शकलाई मनोरञ्जन गराईरहेका छन्। आगामी फागुन २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा हास्यकलाकार रवि डंगोल ुबेमानु लगायत विभिन्न कलाकारले दर्शकलाई हास्य व्यग्यमार्पmत मनोरञ्जन गराइसके भने राधिका हमाल, अन्जु पन्त, शिव हमाललगायतका कलाकारहरूको साथ पनि मेलामा दर्शकले पाउने छन्।

टेलिभिजनको पर्दा र कहिलेकाहीँ नाम मात्र सुनेका कलाकारहरूलाई प्रत्यक्ष रुपमा आफ्नै आँखा अगाडि हेर्न पाउँदा दर्शकमा उत्साह नआउने कुरै भएन। त्यसेैले पशुपति शर्माले वत्ति वाल्न पर्दैन यो गाउँमा गाउँदा होस वा वसी बसी खान्छु भन्दा ढाड दुखेर मार्यो भन्दा होस, युवा युवतिदेखि वृद्धवृद्धासमेत होैसिए।

त्यस्तै तितो सत्यका कलाकार रवि डंगोल र जानुका पौडेलको रमाइलो हास्यव्यङ प्रस्तुतिमा दर्शकले वाहवाही गर्न भ्याए। गायिका चन्दा कार्की होस् वा नृत्याङना पुजा पराजुली, अथवा स्थानीय कलाकारहरूको प्रस्तुति नै किन नहोस्, केही दिन यता पाल्पाको महोत्सव लोकगीतमय, आधुनिक गीत मय र व्यङगात्मक सवै वनिरहेको छ।

मनोरञ्जन कार्यक्रम संयोजक यादवसिह कार्कीका अनुसार दर्शकको मनोरञ्जनका लागि भनेर केन्द्रबाट छानीछानी कलाकारहरू वोलाइएको हो। जसले गर्दा महोत्सवमा निकै रोैनकता वढेको छ।

प्रतिक्रिया दिनुहोस्