जाजरकोटबासि रोजगारीको लागि भारत जान बाध्य



दिपेन्द्र शर्मा, जाजरकोट
जरकोट अर्छानी २ डाडाभौताका जय वहादुर नेपाली केही दिन अघि कमाई गर्न भारत तिर गए। जय वहादुर घरमा परिवार पाल्न लाई कठिन भएपछि कमाई गरि परिवार पाल्न भारत गएका थिए। गाँउमा ज्याला मजदुरी गर्ने काम पनि नपाएपछि कमाई गर्न भारत जानु उनको बाध्यता हो।

यहाँका अधिकांश मानीसहरू कमाई गर्न भारत गए पछि गाँउमा जय वहादुर मात्र होइन यति वेला पहाडी जिल्ला जाजरकोटका विभिन्न गाउका अधिकांस पुरुषहरू भारत तर्फ कमाइ गर्न गएपछि गाउहरू पुरुष विहिन हुन थालेका छन्। आर्थिक उपार्जनका लागि आफनै देश र गाउमा काम नपाउदा अधिकांश युवाहरू विदेसिएका हुन। भारतका बिभिन्न शहरहरूमा ज्यामी, कुल्ली र भरिया जस्ता कामको खोजीमा पुरुषहरू भारत तर्फ जान थाले पछि गाउमा पुरुषको उपस्थिति कम भएको हो। गाउमा रोजगारको अवसर नभएपछि वर्षेनी यहाका युवाहरू कामको खोजीमा भारतमा मजदुरी गर्न जाने गर्छन।

जिल्लामा कामको अवसर नपाइने र घरमा पनि खासै गर्न लायकको काम केहि नभए पछि परदेश जान लागेको टालेगाँउका निम वहादुर नेपाली वताए। “ गाँउमा वसेर केहि काम गर्ने हो काम पाइदैन, परिवार पाल्न गारो हुन्छ त्यसैले गाँउमा कुनै विकल्प नभए पछि कमाई गर्न विदेश जानु पर्ने वाध्यता छ” नेपालीले भने। यो सिजनमा न राम्रो अन्न वाली फल्यो न साझ विहान छाक टार्ने अन्य कुनै उपायनै छ , त्यसैले आफुमात्र नभइगाँउका धेरै जसो पुरुषहरू विदेशिनु परेको नेपाली वताउछन। उनि जस्तै जाजरकोटका अधिकांश पुरुषहरू भारतका विभिन्न ठाउमा काम गरेर घर खर्च जुटाउने गरेका छन। जाजरकोटका प्रत्येक घरबाट कम्तिमा कमाईको लागि भारत जाने गर्दछन।

घरमा परिवार लाई पाल्नका लागी कमाई गर्न भारत गएका उनीहरूले घर परिवारलाई बर्ष दिन पुग्ने लत्ताकपडा र खाद्यन्नको जोहो गर्ने गरेको नागरिक समाजका अध्यक्ष केशव जंग शाह बताउछन। “जिल्लाका अधिकाश मानिसहरू कृषि पेशामा संलग्न छन ,तर आफुले उत्पादन गरेको अन्नले बर्ष दिनमा ६ महिना पनि खाना पुग्दैन, गरिबी ,अशिक्षा ,परम्परागत खेती प्रणाली , सिचा ईको अभाव , यातायातको असुविधा , उद्योग तथा कलकारखान नहुनु आदि कारणले यहाँका मानिसहरू भारत( कालापार ) जानु रहर नभई बाध्यता छ ”शाहले भने।

ठुलो मात्रामा युवा जनशक्ति कामको खोजीमा भारत तथा वैदेशिक रोजगारीमा विदेश तर्फ जाने भएकोले गाउमा महिला , वालवालिका र बृद्धहरू वढिमात्रामा छन्। जसका कारण गाउमा विभिन्न विकास निर्माणका कामहरूमा महिला हरू वढि सहभागी हुने गरेको साल्माका गनेश प्रसाद जैसीले वताए। पुरुषहरूको संख्या गाँउमा कमि हुदा धामिक तथा संस्कृतिक कार्यहरू त प्रभावित हुने गरेको जैसीले वताए। ठुलो रकम तिरेर रोजगारीको लागि अन्य देश जान नसके पछि खुल्ला सिमानाको फाईदा उठाउदै यहाका मानिसहरू बर्षेनी कालापार ( भारत ) जाने गरेका हुन।

प्रतिक्रिया दिनुहोस्