रहेननन् तिरीरी मुरली बज्यो गायक



– विदुर गिरी
काठमाडौं
तिरिरी मुरली बज्यो बनैमादेखि पूरानो मेलोडीको किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ, लोलाएका ती तिम्राजस्ता थुप्रै सदाबहार गीतका मुर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ।

उनका गायकपुत्र प्रवेशमान शाक्यका अनुसार पन्नाकाजीको बुधबार बिहान ५ बजे ओमबहालस्थित निवासमै निधन भएको हो। निधनको खबर सुनेपछि पन्नाकाजीका शुभचिन्तक, समकालिन तथा संगीतकर्मीहरुले सामाजिक सञ्जालमार्पmत गहिरो शोक व्यक्त गर्दै उनको निधनबाट यो क्षेत्रले एक सांगितीक धरोहर गुमाएको उल्लेख गरेका छन्।

स्व. पन्नाकाजीको बुधबार नै धार्मिक विधिअनुसार राजधानीको टेकु दोभानमा अन्तिम संस्कार गरिएको छ। उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न संगीतकर्मी तथा शुभचिन्तकहरु दिउ“सो टेकु पुगेका थिए। उनको परिवारमा गायकद्धय पवित्र र प्रवेशमानसहित ४ छोरा र एक छोरी छन्।

पन्नाकाजीले दर्जनौं लोकप्रिय गीत यो क्षेत्रलाई छोडेर गएका छन्। त्यसमध्ये तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे। कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे। सर्वाधिक लोकप्रिय छन्। यो गीत अभैm पनि विभिन्न सञ्चारमाध्यमबाट उत्तीकै रुचिपूर्वक सुन्ने गरिन्छ।

नेपाल भाषा, आधुनिक, भक्तिगान, स्वदेशगान, लोकगीजस्ता सबैजसो विधाका गीतहरु उत्तीकै सरलताका साथ गाईदिने उनले आप्mनो जीवनकालमा करिब ४ शय गीत रेकर्ड गरेका छन् भने ३ एबलमसमेत प्रकाशित छन्। नेपाली कांग्रेसमा आस्था राख्ने उनले गणेशमान सिंह, प्रकाशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता कांग्रेसी नेताहरुस“ग संगत भएकै कारण २०१८ सालमा ९ महिना नख्खु कारागारमा जेल जीवन भोग्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्