निर्वाचन गर्नका लागि दलहरु तयारः मन्त्री कार्की



दाङ, ५ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले निर्वाचन गर्नका लागि दलहरु तयार रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब, दाङ शाखाले आज आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल आतुर रहेको र अन्य दल पनि निर्वाचनमा जान तयार रहेको बताउनुभयो ।

मन्त्री कार्कीले निर्वाचन गर्नका लागि निर्वाचनसम्बन्धी ऐनहरु निर्माण प्रक्रियामा रहेका र निर्वाचन आयोगले समेत तयारी गरिरहेको बताउनुभयो ।

उहाँले वर्तमान राजनीतिक अवस्था सहमति र सहकार्यबाट अगाडि बढेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र मधेसी दल पनि सहमतिकै अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले सञ्चारमाध्यमले ठूल्ठूला भाषणलाई मात्र ध्यान नदिई किनारामा पारिएका लोपोन्मुख जातिहरुको विभिन्न विषयवस्तुको उठान गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा सञ्चारमन्त्री मङ्गलबारै दाङ आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्