के गर्दै छन् विप्लव?



नेपाल समाचारपत्र
काठमाडौं
तत्कालीन मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादीबाट विभाजन भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको पहिलो महाधिवेशन आगामी फागुन १ गतेदेखि शुरू हुने भएको छ।

‘जनयुद्ध’ दिवसलाई मध्यनजर गर्दै फागुन १ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन जनप्रदर्शनसहित उद्घाटन गरिने नेकपा–माओवादीले बताएको छ। अहिलेसम्म पार्टीको जिल्ला सम्मेलन, अधिवेशन, भेला सम्पन्न भइसकेको र कतिपय जिल्लामा अन्तिम चरणमा पुगेको बताइएको छ। सम्मेलनको बन्दसत्र फागुन ७ गतेदेखि रोल्पाको थवाङमा हुने जनाइएको छ। आधार इलाका र शहरलाई जोड्न तथा जनयुद्धको उद्गम थलो भएकाले थवाङमा बन्दसत्र गर्न लागिएको माओवादीका नेता सन्तोष सुवेदीले जानकारी दिए। बन्दसत्रमा देशविदेशबाट ७ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने गरी तयारी थालिएको जनाइएको छ।

महाधिवेशनलाई मध्यनजर गर्दै थवाङमा जनश्रम दानमै १ हजार जना अट्ने क्षमता रहेको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ। भवन निर्माणका लागि ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्ने तयारी थालेको स्रोतले जनाएको छ। माक्र्सवाद–लेनिनवाद–माओवाद आफ्नो पार्टीको मुख्य पथ प्रदर्शक सिद्धान्त भए पनि नेकपा–माओवादी हटाई नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने वा पार्टीको नाम अन्य कुनै राख्ने विषयमा छलफल भइरहेको पार्टी नि

कट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिए।
यसैबीच सो पार्टीले महाधिवेशनलाई ध्यान दिँदै चन्दा असुली तीव्र बनाएको समेत राजधानीमा गुनासो सुनिन थालेको छ। यद्यपि पार्टीका नेताहरूले आफ्नो संगठनले तोकेर कसैसँग चन्दा नलिएको दाबी गरेको छ। उद्योगी, व्यापारी र शुभेच्छुकसँग स्वैच्छिकरूपमा रकम लिए पनि तोकेरै नलिएको सो पार्टीका एक नेताले बताए। नेकपा–माओवादीले तोकेरै चन्दा लिन्छ भन्ने कुरा बाहिर आएको छ नि भनी सोध्दा विद्यार्थी संगठनका केन्द्रीय महासचिव दीपेन्द्र चलाउनेले भने– ‘हामीलाई विभिन्न निकायबाट रकम लिने भनेर प्रस्ताव नआएको होइन। तर, दलालहरूको रकम स्वीकार्ने होइन उल्टै जनकारबाही गर्छौं।’ यद्यपि पछिल्लो समय विप्लव माओवादीले महाधिवेशनलाई केन्द्रित गर्दै रकम असुलिरहेको कुरा बाहिर आइरहेको छ। महाधिवेशनले निर्विरोध नयाँ नेतृत्व चयन गर्ने र पार्टीको भावी रणनीतिक कार्ययोजनाको निक्र्योल गर्ने बताइएको छ। सो पार्टीले लडाकूलाई प्रशिक्षण दिएको कुरा आए पनि भावी रणनीति महाधिवेशनले नै टुंगो लगाउने सो पार्टी निकटका नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्