मन्त्रीसामु मागैमाग



नेपाल समाचारपत्र
सुर्खेत
सुर्खेत उद्योग वाणिज्य संघले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई विभिन्न ११ बुँदे माग कार्यान्वयनका लागि आग्रह गरेको छ। सोमबार संघको कार्यालयमा मन्त्री जोशीलाई स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष प्रकाश अधिकारीले ११ बुँदे मागपत्र बुझाएका हुन्। मागपत्रमा छैटौं प्रदेशको सम्भावित राजधानीका रूपमा रहेको सुर्खेतमा औद्योगिक पूर्वाधार एवं संरचना निर्माण अविलम्ब शुरू गर्नुपर्ने, साटाखानीस्थित रानीचौतारी र खाँणदेवी सामुदायिक वनको प्रस्तावित १ हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ हुनुपर्ने माग गरिएको छ।

यस्तै प्रदेश नं. ६ मा लगानीका सम्भावनालाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रूपमा घोषणा गरी सुर्खेतमा विशेष आर्थिक क्षेत्रसहितको औद्योगिक ग्राम स्थापना गर्नुपर्ने र वीरेन्द्रनगर औद्योगिक क्षेत्रको पूर्वाधार विकास गर्दै लोडसेडिङमुक्त औद्योगिक क्षेत्र बनाउनुपर्ने माग संघले गरेको छ। सुर्खेत लगानी वर्ष २०७३ द्वारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्त्याउनका लागि सरकारका तर्फबाट ठोस पहल गरिनुपर्ने र लगानी वर्षको अवधिमा सुर्खेत जिल्लामा स्थापना हुने नयाँ उद्योग तथा ठूला लगानीका व्यवसायीलाई निश्चित अवधिसम्मका लागि कर छुटलगायतका अन्य सहुलियत दिइनुपर्ने माग पनि राखिएको छ।

पश्चिम सुर्खेतको लखरपाटा र चौकुने सिमेन्ट कारखाना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरू गर्नुपर्ने तथा सुर्र्खेतका तीन ठाउँमा प्रस्तावित च्याम्बर मोडेल भिलेजका लागि आवश्यक सहयोग तथा लघु उद्यम विकास ग्राम स्थापना गर्नुपर्ने माग पनि गरिएको छ। हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्रसँगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्नुपर्ने माग पनि समेटिएको छ। यसै गरी विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोसीमा पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने र रत्नपत्थर निकासी तथा मूल्यवृद्धिका लागि तत्काल नीतिगत पहल गर्नुपर्ने माग पनि संघले गरेको छ।

मागपत्र बुभ्mदै उद्योगमन्त्री जोशीले तुरुन्तै कार्यान्वयन गर्न सकिने खालका माग पूरा गर्न आपूm फर्किनासाथ तत्काल पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो। सुर्खेत जिल्ला यस क्षेत्रमा पाइने जडीबुटी र खानीखनिजको हबका रूपमा रहेको भन्दै जडीबुटी र खानीखनिजबाटै यो क्षेत्रलाई समृद्ध बनाउन सकिने उल्लेख गर्नुभयो। पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने सोचाइलाई तोड्न सरकारले विभिन्न सेवासुविधा र सहुलियत दिएरै भए पनि निर्यातमुखी उद्योग स्थापनालाई प्राथमिकताामा राखेको मन्त्री जोशीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्