पूर्वराजा आज शीतल निवास जाँदै



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाह आज शीतल निवास जानुहुने भएको छ।

पूर्वराजा र रानी आज मध्याह्न सवा १२ बजे शीतलनिवास जाने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारीले निम्तोकार्ड पठाएपछि पूर्वराजा र रानी विवाहको निम्तो मान्न शीतल निवास जान लाग्नुभएको हो। कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार नाति अभिशेक यादवसँग राष्ट्रपति भवनभित्रै सोमबार विवाह हुँदै छ।

प्रतिक्रिया दिनुहोस्