महिनावारी भएका बेला विद्यालय जान थाले छात्रा



बझाङ, (नेस)
केही समयअघि बझाङको गडराय गाविसमा रहेको महेश्वरी उमाविमा अध्यनरत छात्राहरू महिनावारी भएको समयमा विद्यालय नजाने छात्राहरू अहिले भने विद्यालय जान थालेका छन्।

महिनावारी भएको समयमा विद्यालय नजाने जिल्लाकै बिकट गडराय गाविसका छात्रा जनचेतना पाएपछि विद्यालय जान थालेका हुन्।

गडराय गाविसमा आरएसडीसीले छाउपडी प्रथासम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपछि गडराय गाविसमा रहेको महेश्वरी उमाविका छात्राहरू विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद जोशीले बताउनुभयो।
जोशीले भन्नुभयो–,‘पहिले महिनावारी हुँदा विद्यालयमा सरस्वतीको बास हुन्छ भन्दै विद्यालयको प्राङ्गणसम्म छुन डराउने छात्राहरू आजभोलि विद्यालय आउने गरेका हुन्।

विद्यालयलाई सरस्वतीको मन्दिर भन्दै महिनाबारी भएको समयमा महेश्वरी माविका छात्राहरू मात्र नभई जिल्लाका दर्जनौं गाविसमा रहेका मावि विद्यालयहरूका छात्राहरू विद्यालय आउँदैनथे तर अहिले जिल्लाका विभिन्न गाविसमा गैरसरकारी संस्थाहरूले छाउपडी प्रथालाई एक कुप्रथा हो भन्दै सर्बसाधारणलाई जनचेतना जगाई अहिले महिनाबारी भएको समयमा घर परिवार र आफ्नै सुत्ने कोठा र छात्राहरू निरन्तर विद्यालय जाने गरेको नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिहंले बताए।

उनले भने– ‘छाउपडी प्रथा जिल्लामा एक पुरानो रुढीबादी परम्परादेखि नै चलि आएको कुप्रथा हो तर अहिले पछिल्लो समयमा विभिन्न संस्थाहरू ग्रामीण भेगमा लागू भएपछि जनचेतना जागेर पहिलेको भन्दा केही कम हुँदै आएको सिहंले बताए।’

प्रतिक्रिया दिनुहोस्