सर्वाधिक गोल गरेकोमा राइफल पाएका फोन्टेन


लन्डन, (एजेन्सी) ।

फ्रान्सका महान फुटबलर जस्ट फोन्टेनले एउटै संस्करणको विश्वकपमा १३ गोल गरेर कीर्तिमान राखेपनि गोल्डेन बूट भने दिइएको थिएन । तर, उनलाई यसको सट्टामा एअर राइफल पुरस्कार दिइएको थियो । सन् १९५८ मा भएको विश्वकपमा उनले सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका थिए ।

यसबारे फोन्टेनले बताए कि त्यतिबेला गोल्डेन बूट दिने प्रावधान थिएन । उनले बताए– त्यसबारे कसैले सोच्दैन थिए । तर, अहिले ३ गोल गरेपनि त्यसबारे चर्चा हुने गर्दछ ।

फोन्टेनले अहिले खेलेको भए शायद एक्लैले २०–२५ गोल गर्न सक्थे होला । ४८ टोली विस्तारित हुँदा लियोनेल मेसी, क्लियन एम्बाप्पे, अर्लिङ हालान्डले ६ भन्दा बढी गोल गरे । यसअघिका विश्वकपमा सर्वाधिक गोलको संख्या नै ६ हुने गथ्र्यो । यदि, आधुनिक फुटबलमा भएको भए फोन्टेनले पनि गोलको वर्षा गर्न सक्थे ।

फोन्टेन वास्तविक मोरक्कोका नागरिक थिए । फोन्टेन फ्रेन्च लिगमा खेलिरहेको हुँदा फोन्टेनले १९५८ को विश्वकपमा फ्रान्सबाटै खेले । मोरक्को दुई वर्षअघि नै फ्रान्सबाट स्वतन्त्र भइसक्दा पनि उनले फ्रान्सलाई नै रोजेका थिए । यस विश्वकपको क्वार्टरफाइनल खेलमा मोरक्को र फ्रान्स भिडेका पनि थिए ।

स्वीडेनमा आयोजित विश्वकपमा टोलीमा फोन्टेन पहिलो रोजाइमा पनि परेका थिएनन् । रेन बीलियार्ड घाइते भएपछि उनको स्थानमा फोन्टेनले मौका पाएका थिए । तर, उनी पनि घाइते भएपछि प्रतियोगितामा खेल्ने कुनै संभावना थिएन । पछि खेल्दा उनले फ्रान्सका लागि मात्र ५ खेल खेले । उनले भनेका पनि थिए कि शीर्ष गोलकर्ताको अपेक्षा कहिल्यै गरिएको थिएन ।

फोन्टेनले बताएका थिए–हामीमा कुनै दबाब थिएन । मेरो दिमागमा गोलको कीर्तिमान राख्ने पनि थिएन । मैले तेस्रो स्थानको खेलमा पेनाल्टी प्रहार गर्ने मौकासमेत छोडेका थिएँ ।

विश्वकपमा सर्वाधिक गोल गरेपनि फोन्टेनलाई बालन डीओर उपाधि दिइएन । उनी तेस्रो स्थानमा आएका थिए । विश्वकप सकिएको एक वर्षपछि १९५८–५९ को यूरोपियन कपमा उनले सर्वाधिक १० गोल गरेका थिए ।

फ्रान्स त्यतिबेला राम्रो भएपनि त्यो भन्दा राम्रो ब्राजिल रहेको फोन्टेनले बताए । उनका अनुसार सेमिफाइनलमा १७ वर्षीय पेलेको अदभूत खेलमा फ्रान्सले केही गर्न सकेको थिएन । उनले बताए–मैले गोल गरेर खेल बराबरीमा ल्याएँ । तर, पेले सम्मिलित ब्राजिलसँग हाम्रो केही लागेन र ५–२ ले हा¥यौं । त्यतिबेला ब्राजिललाई रोक्ने टोली नै थिएन ।

फोन्टेनको करिअर पनि छिटो नै सकिएको थियो । १९६० मा फ्रेन्च लिगको खेलको क्रममा उनको खुट्टा भाँच्चिएको थियो । यही चोटले २८ वर्षको उमेरमै १९६२ मा उनको करिअरको अन्त्य गराएको थियो । उनले फ्रान्सका लागि २१ खेल खेल्दै कूल ३० गोल गरेका थिए ।
फोन्टेनले आफ्नो राष्ट्रलाई उपाधि दिलाउन नसकेपनि फ्रान्सले २ विश्वकप उपाधि उचालेको हेर्न पाएका थिए । उनको निधन १ मार्च २०२३ मा ८९ वर्षको उमेरमा भएको थियो ।