पहिरोमा परी चार महिने बालिकाको मृत्यु

1.88k
Shares

दोलखा। 

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– १ क्याम्पोलमा पहिरोमा परी बालिकाको मृत्यु भएको छ । मृतक बालिकाको आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

आईतवार राति वडा नम्बर– १ क्याम्पोलमा पहिरोमा परी स्थानीय चार महिनाको बालिका एलिना थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताए । मृतक एलिनाको आमा १९ बर्षिय सर्मिला थामी सख्त घाइते भएको प्रहरी निरीक्षक खड्काले बताए ।

घाइते सर्मिलाको दोलखा स्थित धुलिखेल अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।