काठमाडौँ।
कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयसहित ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् । जसअनुसार त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन्।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ ।
त्यस्तै पोखरा विश्वविद्यालयकाे उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयकाे उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ ।











प्रतिक्रिया