जबरजस्ती करणीका फरार कैदी पक्राउ

0
Shares

उदयपुर ।

 उदयपुर प्रहरीले शुक्रबार उदयपुरकाे त्रियुुगा नगरपालिका ७ चुहाडेबाट गत भदाै २४ गते ललितपुरको नख्खु कारागारबाट फरार रहेका हाडनाता जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाकाे नाम खुलाइएकाे छैन भने उनलाई अदालतले २३ वर्ष कैद र ७ लाख ५० हजार जरिवाना र सजाय ताेकिएकाेमा कैद भुक्तान गरिरहेकाे समयमा गत भदाै २४ गते  नख्खु जेल ताेडेर फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएकाे जानकारी अनुसार असार १९ गते बिहान  १०:३० बजे अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरी टोलीले हाडनातामा जबरजस्ती करणी मुद्दाका एक जना फरार कैदीलाई पक्राउ गरेको जनाएकाे छ। उनी २०८२ साल भदौ २४ गते भएको देशव्यापी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट फरार भएका थिए।

 पक्राउ पर्नेमा २६ वर्षीय कैदी परिवर्तित नाम ०७९/०८० सातदोबाटो (९७) रहेका छन्। निजलाई ललितपुर जिल्ला अदालतले हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो।

   नियन्त्रणमा लिइएका निज फरार कैदीलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार कार्यालय उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उउदयपुरले जनाएकाे छ।