ललितपुर।
कला, मनोरञ्जन र उद्यमशीलताको अद्वितीय समागम गराउने उद्देश्यले ‘अनप्लग्ड हसल (Unplugged Hustle)’ कार्यक्रम आयोजना हुने भएको छ। यो कार्यक्रमले आधुनिक युवापुस्तालाई हाँस्य, संगीत र व्यावसायिक सिपको त्रिवेणीमा स्नान गराउने लक्ष्य राखेको छ।
कार्यक्रममा चर्चित कमेडियन आदर्श मिश्रले आफ्नो व्यङ्ग्यात्मक एवम् बौद्धिक स्ट्यान्ड-अप कमेडी प्रस्तुत गर्नुहुनेछ भने एक प्रतिभाशाली युवा उद्यमीले स्टार्टअप, लगानी र नेतृत्व विकासका विषयमा आफ्नो अनुभव साझा गर्नुहुनेछ। त्यस्तै, कार्यक्रमलाई जीवन्त बनाउन अनप्लग्ड (ध्वनिविहीन/एकुस्टिक) संगीत प्रस्तुतिले साँझलाई विशेष मधुरता प्रदान गर्नेछ।
यस विशेष कार्यक्रमको आयोजनामा ललितपुरका प्रमुख शैक्षिक संस्थाहरूको उल्लेखनीय साझेदारी रहेको छ। युनाइटेड कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, क्वेस्ट इन्टरनेसनल कलेज र एम्बार्क कलेज लगायतका अन्य ललितपुरका कलेजहरूले यस कार्यक्रमलाई सहयोग प्रदान गरेका छन्। यी शैक्षिक संस्थाहरूको समर्थनले कार्यक्रमलाई शैक्षिक र व्यावसायिक दृष्टिले थप सार्थक बनाएको आयोजकले जनाएको छ।











प्रतिक्रिया