काठमाडौं।
साहित्य लेखकमञ्चले संस्कृति शिरोमणि हरिराम जोशीलाई विशेष सम्मान प्रदान गरेको छ ।
मञ्चले नागार्जुन नगरपालिकाको सहकार्यमा आयोजना गरेको कवि गोष्ठी तथा सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरेको हो। नेपाली संस्कृति, इतिहास तथा संस्कृति सम्पदा संरक्षणमा पु¥याउनुभएको उल्लेखनीय योगदानलाई कदर गर्दै सो सम्मान गरिएको मञ्चले जनाएको छ ।
सो अवसरमा संस्कृति शिरोमणि जोशीलाई मञ्चका अध्यक्ष रामेश्वर जलनले खादा, नेपालभाषा साहित्यका वरिष्ठ स्रष्टा भूषणप्रसाद श्रेष्ठले दोसल्ला र नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले सम्मानपत्र प्रदान गर्नुभयो। सम्मानपत्रसंगै नगद राशि ५ हजार ५ सय ५५ रहेको छ ।

संस्कृति शिरोमणि जोशीले नागार्जुन क्षेत्रको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक महत्वबारे आफ्नो धारणा राख्दै स्थानीय तहले संस्कृति सम्पदा संरक्षणको कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले नागार्जुनको मौलिक पहिचान जोगाउन स्थानीय समुदाय, बौद्धिक वर्ग र राज्यबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा मञ्चका सदस्य विनोदराज शर्माले जोशीको व्यक्तित्व र योगदान माथि जानकारी दिँदै नेपाली समाजको सांस्कृतिक तथा ऐतिहासिक चेतना संरक्षणमा पु¥याएको योगदान अनुकरणीय रहेको बताउनुभयो।सो कार्यक्रममा नेपालभाषाका वरिष्ठ कवि प्रतिसरा सायमी, वरिष्ठ आख्यानकार शीतल गौरी र नवराज रिमाल लगायतले कविता वाचन गरेका थिए।
सो अवसरमा मञ्चका कोषाध्यक्ष दिव्या बज्राचार्य, सञ्चारकर्मी स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा रुवी श्रेष्ठ, सबिना महर्जन र विपिनचन्द्र बनेपालीले साहित्यिक गतिविधिको महत्वबारे केन्द्रित गरी आफ्नो धारणा राख्नुभयो। वरिष्ठ साहित्यकार समान्त श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका साहित्यकार, कवि र स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।











प्रतिक्रिया