काठमाडौं।
कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शिव शक्ति बिजनेस हाउससँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी तथा डिजाइनरहरूलाई प्रिमियम फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखलामा सहज पहुँच उपलब्ध गराउने कम्पनीले जनाएको छ।
नारायणटार–जोरपाटीस्थित दक्षिणढोकामा रहेको शोरुमको औपचारिक उद्घाटन असार ८ गते सोमबार सम्पन्न भएको हो। उद्घाटन समारोहमा नेपालका पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल तथा ब्रान्ड एम्बेसेडर दिव्या रायमाझीलगायतको उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार आधुनिक शैलीमा डिजाइन गरिएको शोरुमले ग्राहकलाई विभिन्न टायल्सका डिजाइन, आकार र फिनिसिङ प्रत्यक्ष अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्ने सुविधा प्रदान गर्नेछ।

उद्घाटन समारोहमा बोल्दै कम्पनीका प्रतिनिधिले जोरपाटी, नारायणटार तथा आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रमा विश्वस्तरीय टायल्स सेवा विस्तार गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए। उनले स्थानीय ग्राहकलाई गुणस्तरीय तथा आधुनिक डिजाइनका सर्फेसिङ सामग्री सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता दोहोर्याए।
कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक प्रविधियुक्त टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ। साथै, कम्पनीसँग ISO 9001:2015 र ISO 14001:2015 प्रमाणीकरण समेत रहेको छ।
हाल कम्पनीका नेपालभर १०० भन्दा बढी शोरुम सञ्चालनमा रहेका छन्। कम्पनीले ३,००० भन्दा बढी आधुनिक डिजाइनका टायल्स बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।











प्रतिक्रिया