कानपाद्वारा ९९ सय करोड १० लाखको अनुमानित बजेट पेस


नवलपरासी। 

नवलपरासी पूर्वकाे सदरमुकाम कावासाेती नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८३/०८४ का लागि ९९ सय करोड १० लाख रूपैयाँकाे आय व्यय प्रस्तुत गरेकाे छ ।

नगर प्रमुख बिष्णु प्रसाद भुसालले आ.व.०८३/०८४ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेसंगै उप प्रमुख फूल कुमारी थनेतद्वारा कावासाेती नगरपालिकाकाे १९ ओैं नगर सभामा साे आय व्यय बिवरण पेस गरिएकाे हाे ।

सभामा नयाँ आर्थिक वर्षकाे आय व्यय विवरण सहितकाे बजेट वक्तव्य सार्वजनिक गर्दै उप प्रमुख थनेतले कावासाेती नगरकाे समृद्धि र नगरवासीकाे खुसीका लागि कृषि,शिक्षा,स्वास्थ्य,पर्यटकीय सहर:पूर्वाधार युक्त ओैधाेगिक समुन्नत कावासाेती नगर बनाउन सबैमा अनुराेध गरेकि छन् ।

उप प्रमुख थनेतले प्रस्तावित बजेटमा कृषि क्षेत्रकाे आधुनिकिकरण तथा व्यवसायिक बिकास,प्रविधि मैत्री सार्वजनिक सेवा,पर्यटकीय क्षेत्र पहिचान तथा प्रवर्द्धन,राेजगार मुखी शिक्षा,सामाजिक न्याय र सार्वजनिक सम्पत्तिकाे संरछण जस्ता उद्देश्य लिइएकाे बताईन् ।

त्यसै गरी उप प्रमुख थनेत द्वारा प्रस्तुत बजेट वक्तव्यमा वातावरण संरक्षण,शिक्षा तथा स्वास्थ्य सेवाकाे गुणस्तर सुधार,फाेहर मैला व्यवस्थापन एवं व्यसायीक कृषि प्रणालीको प्रवर्द्धन जस्ता बिषयहरू प्राथमिकतामा रहेका छन् ।

प्रस्तुत बजेटकाे आय तर्फ ७ करोड ५० लाख आन्तरिक श्राेत,वित्तीय समानिकरण अनुदान १७ करोड २६ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट १५ करोड ४० लाख,ससर्त अनुदान ४२ करोड ३३ लाख,नेपाल सरकार विशेष तथा समपुरक अनुदान गरी २ करोड ८० लाख बजेट राखिएकाे छ ।

प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण,समपुरक,विशेष अनुदान तथा सवारी कर बाट  ५ करोड २४ लाख, जग्गा रजिष्ट्रेसन,बिज्ञापन कर,नदीजन्य पदार्थ बिक्री राजस्व वाडफाड तथा लागत सहभागिताबाट गरी ८ करोड,९७ लाख ६ हजार आव ०८३/०८४ मा आय प्राप्त हुने आँकलन गरिएकाेछ ।

व्यय तर्फ  प्रशासनिक खर्च २२ करोड १८ लाख,समपुरक काेष २ करोड, नगर भित्रका याेजना तथा कार्यक्रममा १३ करोड ७८ लाख,ससर्त अनुदान नेपाल सरकार ४२ करोड ३३ लाख,विशेष अनुदान संघीय तथा प्रदेश सरकार २ करोड ९० लाख,समपुरक अनुदान ६० लाख २२ हजार,विपद् व्यवस्थापन काेषमा ९० लाख र जन सहभागीताबाट रू १ करोड खर्चकाे अनुमान राखिएकाे छ ।

यस्तै नगर प्रमुख भुसालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन,खाद्य सुरक्षा,स्थानीयकाे आय आर्जन सुधार जस्ता कुराहरू प्राथमिकतामा समेटिएकाे छ।

त्यसै गरी नगर भित्र रिभर करिडाेर निर्माण,पूर्व पश्चिम राजमार्ग आसपासका क्षेत्रकाे साैन्दर्यिकरण,पूर्वाधार बिकास,राजश्व संकलन निगरानी,अभिलेखीकरण, तथा उपभोग्य बस्तुकाे गुणस्तर, मूल्य र नापतौलकाे निरन्तर अनुगमनलाई नगरकाे नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।