रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईंद्वारा उम्मेदवारी घोषणा


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईंले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

चितवनमा जारी पार्टीको महाधिवेशनका क्रममा उनले सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै प्रसाईंले आफ्नो आकांक्षा सहमहामन्त्री बन्ने भए पनि अन्तिम निर्णय पार्टीका सदस्य र प्रतिनिधिहरूकै हातमा रहेको बताए।

उनले भने, “मेरो आकांक्षा सहमहामन्त्रीको हो। तर मेरो आकांक्षा प्रधान होइन, सार्वभौम सदस्यहरूले गर्ने निर्णय प्रधान हो। यदि सदस्यहरूले मलाई योग्य ठहर्‍याउनुभयो र प्रतिनिधि साथीहरूको विश्वास जित्न सकेँ भने म निर्वाचित हुनेछु। पुरस्कृत भए पनि दण्डित भए पनि त्यसलाई आशीर्वादका रूपमा स्वीकार गर्नेछु।”

रास्वपाको महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ।