विवाहको माहोलमा गौँथलीको आँखाभरि आँसु


राजधानीमा हालै आयोजित एक फिल्मी कार्यक्रमले केही समयका लागि विवाह समारोहमा परिणत भएको अनुभूति दिलाएको छ। पञ्चेबाजाको धुन घन्किरहेको थियो, कलाकार र फिल्मकर्मीहरू नै जन्ती बनेर नाचिरहेका थिए, बेहुला–बेहुली सजधजका साथ कार्यक्रमस्थलमा प्रवेश गरिरहेका थिए। विवाह घरजस्तै सजाइएको वातावरणले सहभागी सबैलाई कुनै वैवाहिक समारोहमा पुगेको अनुभूति गराइरहेको थियो।

तर वास्तविकता भने फरक थियो। त्यो कुनै विवाह समारोह नभएर आगामी साउन १ गते रिलिजमा आउने फिल्म गौ“थलीको गीत आ“खाभरि आ“सु सार्वजनिक गर्ने कार्यक्रम थियो। फिल्म र सो गीतका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का कार्यक्रमस्थलमा बेहुला–बेहुलीको भेषमा पुगेका थिए।

उनीहरूलाई साथ दिन ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठ, फिल्मका निर्देशक डा. कपिल रिजाललगायतका केही अतिथि जन्तीको गेटअपमा सहभागी भएका थिए। पञ्चेबाजाको तालमा नाच्दै अघि–पछाडि हि“डिरहेका जन्ती, बेहुला–बेहुलीको उपस्थिति र विवाह घरजस्तै सजाइएको मञ्चले गीत सार्वजनिक कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर, थानेश्वर गौतमको संगीत र डा. भोला रिजालको शब्द रचना रहेको थियो। गीतको भिडियोमा अरुण क्षेत्री र सिम्रन खड्कासहित फिल्मका अन्य कलाकार देखिएका छन्। गीतले नेपाली समाजको एक संवेदनशील भावनात्मक पाटोलाई समेटेको छ।

माइतीघर छोडेर पराइ घर जानुपर्ने छोरीको पीडा, जन्मे–हुर्केको घर, गाउँ, आमा–बुबा र आफन्तसँगको विछोड तथा विवाहपछिको भावनात्मक यात्रालाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ। जन्मघर, साथीसंगी र परिवार छोडेर नयाजीवनतर्फ अघि बढ्ने छोरीको मनोभावलाई गीतले भावुक ढंगले अभिव्यक्त गरेको छ। स“गस“गै मन भारी बनाउदै छोरीलाई पराइको हातमा सुम्पिनुपर्ने आमा–बुबाको अवस्थालाई समेत गीतले प्रभावकारी रूपमा चित्रण गरेको छ।

डा. कपिल रिजालद्वारा निर्देशित फिल्मले घर, परिवार र आपसी सामीप्यतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। बलियो कलाकार लाइनअप रहेको फिल्ममा अरुण क्षत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सँजोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली, प्रिन्स नेपालीलगायतले अभिनय गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको ब्यानरमा सुमन गिरी र डा. कपिल रिजालद्वारा निर्मित फिल्ममा कथा डा. भोला रिजाल, पटकथा र संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरे, गीत डा. भोला रिजाल, संगीत शम्भुजीत बाँसकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटी, कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमाली, पाश्र्व संगीत एलिस कार्की, छायांकन हरि हुमागाईं, कलर राजेन्द्र मोक्तान र सम्पादन मिलन श्रेष्ठको रहेको छ। को रहेको फिल्ममा मुकेश शाहको ध्वनि मिश्रण छ। सरला रिजाल कार्यकारी निर्मात्री तथा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेका फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।