दोलखामा झाँक्री सम्मेलन

376
Shares

दोलखा। 

दोलखा सदरमुकाम चरिकोटमा नेपालमै पहिलो पटक झाँक्री सम्मेलन भएको छ । संस्कृति समाज नेपाल दोलखाले झाँक्री सम्मेलन आयोजना गरेको हो । 

जिल्लामा छरिएर रहेका झाँक्रीहरु बीच समन्वय र सहकार्य गर्दै साँझा उदेश्यका लागि मिलेर काम गर्ने उद्देश्य सहित जिल्ला स्तरीय झाँक्री सम्मेलन आयोजना गरिएको संस्कृति समाज नेपाल दोलखाका अध्यक्ष पुरुषोत्तम केसीले बताए ।

सम्मेलनमा सहभागी झाँक्रीहरु दोलखा सदरमुकाम चरिकोटमा भेला भै बजार परिक्रम गर्दै दोलखा भीमेश्वर मन्दिर पुगेका थिए । भीमेश्वर नगरपालिका वडा नम्बर– ३ मा रहेको संस्कृति समाज नेपाल दोलखाको कार्यालय समेत उद्घाटन गरिएको थियो । 

सम्मेलनमा संस्कृति समाज नेपालका केन्द्रीय प्रतिनिधि सहित जिल्ला भरीका करिब दुई सय झाँक्रीहरुको सहभागिता रहेको आयोजक संस्कृति समाज नेपाल दोलखाका अध्यक्ष पुरुषोत्तम केसीले बताए ।