काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सोमबार बिहानका बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।
समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ ।











प्रतिक्रिया