काठमाडौं ।
कालिकोट र प्यूठानमा फेला परेका शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।


नेपाली सेनाका अनुसार मिति २०८३ जेठ २३ गते कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारीमा तथा प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका–६ लुङ क्षेत्रमा एक स्थानीयको घरमा शङ्कास्पद वस्तु फेला परेको थियो।
सूचना प्राप्त भएपछि नेपाली सेनाबाट खटिएको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै दुवै स्थानमा भेटिएका शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। सेनाले सर्वसाधारणलाई कुनै पनि अपरिचित वा शङ्कास्पद वस्तु फेला परेमा नछुन र तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
प्रारम्भिक रूपमा डिस्पोज गरिएका वस्तुको प्रकृति र स्रोतबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ।











प्रतिक्रिया