उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका ६ नं वडा कार्यालयले चालु आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्मको विकास निर्माणका काम, विभिन्न योजनाहरुका बारेमा भएका काम कार्वाही तथा त्यसमा भएका खर्चका बारेमा बिहीबार ६ नं वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सावैजनिक सुनुवाईको कार्यक्रम सम्पन्न गरेको छ ।

त्रियुगा नगरपालिका ६ नं वडा कार्यालय जलजलेको आयोजना र उदयपुर साहित्य कला प्रतिष्ठानको संयोजनमा भएको सो कार्यक्रममा आगामी आर्थिक वर्षकालागि टोल विकास संस्थाका तर्फबाट विभिन्न प्रकारका योजनाहरु संकलन गरेर वडा कार्यालयमा बुझाइएको थियो ।
उक्त सार्वजनिक सुनुवाइृ कार्यक्रममा ६ नं वडा सचिव खेमराज कुमाईले आर्थिक वर्ष २०८२ । ०८३मा स.चालित योजनाहरको विवरण तथा सो को लागतका बारेमा सहभागीहरुलाई जानकारी गराएपछि योजनाका बारेमा सहभागीहरुले विभिन्न प्रकारका जिज्ञासा तथा प्रश्नहरु राखेका थिए ।
वडा सचिव खेमराज कुमाईले वडामा जम्मा ५० वटा योजना रहेकोमा ३२ वटा योजना सम्पन्न भएको र बाँकी योजनामा केही काम भैरहेको छ भने कृही योजना असार मसान्तभित्र सम्पन्न भैसक्ने जानकारी दिएका थिए ।
सहभागीहरुले खानेपानी, ग्रामिण सडकमा बत्ती जडान तथा मर्मत सम्भार , मठमन्दिर निर्माण तथा घेराबेरा, सडक कालोपत्रे, फोहर व्यवस्थापन, शिक्षामा सुधार, बजार व्यवस्थापन, सिमेन्ट उद्योगका बारेमा, सामुदायिक बनका बारेमा, कृषि क्षेत्रका बारेमा, सिंचाई योजनाका बारेमा, नदी नियन्त्रण, विद्युत तथा विद्युतीय पोलका बारेमा, सार्वजनिक तथा उैलानी जग्गा तथा सो जग्गामा रहेको बसोवासका बारेमा लगायतका दजैनौ विषयमा प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।
उक्त कार्यक्रममा स्थानीय साहित्यकार द्धय कुबेरकान्त काफ्ले। कीर्ति बहादुर खड्का, उदयपुर सिमेन्ट उद्योगका प्रथमलाल चौधरी, उघव राउत, गोविन्द राउत, इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक, विभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षकले सिसिटिभी क्यामराको अभाव, भएको पनि मर्मत गर्नु पर्ने, रातविरात लागु पदार्थ तथा मादक पदार्थ सेवन गर्नेहरुको निगरानी, कार्यालय भवनको जिर्ण अवस्थाका बारेमा स्थानीय सरकारका तफैबाट आवश्यक सहयोग हुनु पर्ने कुरामा जोड दिएका थिए ।
सो कार्यक्रममा वडा सदस्य सुर्य बहादुर राई तथा प्रवेश खड्काले उदयपुर सिमेन्ट उद्योगको वर्तमान अवस्थाका बारेमा सहभागीहरुलाई जानकारी दिंएका थिए । खड्काले उदयपुर सिमेन्ट उद्योगको अवस्थाका बारेमा आफूले काठमाण्डौ गएर उद्योग मन्त्रालयमा सम्पर्क गरेर उद्योगको सहसचिव तथा अध्यक्षसँग सम्पर्क गर्दा उद्योगलाई बचाउने र संचालन गर्ने विषयमा खास निर्णय हुन नसकेको र कुन मोडलमा गएर संचालन गर्ने हो त्यसको निर्णय हुन बाँकी रहेको जानकारी पाएको बताएका छन् ।
कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाहरको जवाफ दिंदै कार्यक्रमको अध्यक्षता गरिरहनु भएका वडाध्यक्ष योगेन्द्र बहादुर दाहालले वडा कार्यालयमा प्राप्त भएका योजनाहरुलाई आवश्यकता तथा प्राथमिकताका आधारमा छनौट गरेर पेश गरिने र भरसक प्राप्त भएका सबै योजनाहरुलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर नगर स्तरीय रातो कितावमा समावेश गरी कार्यान्वयमा लैजाने प्रतिवद्धता जनाउनु भएको छ ।











प्रतिक्रिया