काठमाडौं ।
ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटको छनोटमा मलेसियालाई १ सय ६७ ले हराएको छ । यो जितसँगैं नेपाल सम्ुहमा शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्दा एक जित हासिल गरेको मलेसिया पनि अन्तिम चारमा पुगेको छ ।
सिंगापुरमा जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । जसमा, ओपनर कुशलले शतक प्रहार गर्दै कीर्तिमान रचे ।
उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार शतक प्रहार गर्ने नेपालका पहिलो क्रिकेटर बने । यसअघिको पहिलो खेलमा उनले चीनविरुद्ध शतक प्रहार गरेका थिए ।
ओपनर कुशलले ५४ बलमा १४ चौका र ८ छक्काको सहयोगमा १ सय २६ रन बनाएका थिए । यस्तै उनी टी २० अन्तर्राष्ट्रियमा १ सय छक्का तथा २ सय चौका पूरा गर्ने पहिलो नेपाली खेलाडी समेत बने । चीनविरुद्ध उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।











प्रतिक्रिया