अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाले नयाँ फिल्म काउकुती निर्माण गर्ने भएकी छन्। भारतको उत्तराखण्डस्थित कैंची धाममा विशेष पूजाआजा गरेपछि उनले औपचारिक रूपमा फिल्म निर्माणको योजना सार्वजनिक गरेकी हुन्। यो फिल्म उनको ब्यानरअन्तर्गत बन्ने आठौँ प्रोजेक्ट हुनेछ।
फिल्मको निर्देशन श्रद्धा प्रसाईंले गर्ने छन्, जो पछिल्लो समय टेलिभिजन कमेडी शो कमेडी दरबारबाट चर्चामा छिन्। उनले यसअघि फिल्म ककाकिकी निर्देशन गरिसकेकी छन्। फिल्ममा रेखा स्वयं मुख्य भूमिकामा रहनेछिन् भने मुख्य अभिनेता रूपमा नया“ अनुहार ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा विक्की अग्रवाल र विनेश राईले तयार पारेका छन्, पटकथा भने विनेश स्वयंले लेखेका छन्।
फिल्ममा नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ। बलराम रेखाका पति हुन्। आगामी असोजबाट छायांकन सुरु गर्ने योजना रहेको फिल्ममा संगीत प्रशान्त सिवाकोटीको रहनेछ।











प्रतिक्रिया