सशस्त्र प्रहरीमा ठूलो हेरफेर : ७ डीआईजीको सरुवा, ७ नयाँ डीआईजीको पदस्थापन


काठमाडौं ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का ७ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गर्दै ७ जना नवनियुक्त डीआईजीको पदस्थापन गरेको छ। संगठनभित्र नेतृत्व व्यवस्थापन र जिम्मेवारी पुनः बाँडफाँट गर्ने उद्देश्यसहित मन्त्रालयले यो निर्णय गरेको हो। मन्त्रालयको निर्णयअनुसार डीआईजी विष्णुप्रसाद भट्ट लाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, दीपक अधिकारी लाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही तथा कृष्णराज पाठक लाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।

यस्तै दीपेन्द्र शाह लाई इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाल लाई कार्य विभाग, दीपेन्द्र कुँवर लाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठ लाई सीमा सुरक्षा विभागको जिम्मेवारी तोकिएको छ। गत वैशाख १२ गते डीआईजी पदमा बढुवा सिफारिस भएका अधिकृतहरूको समेत पदस्थापन गरिएको छ। यस क्रममा हाल निमित्त बाहिनीपतिका रूपमा कार्यरत दिग्विजय सुवेदी लाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमै पदस्थापन गरिएको छ।

त्यसैगरी किरण बस्नेत लाई नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, माधवप्रसाद पौडेल लाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा प्रवीण कँडेल लाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा खटाइएको छ। अन्य पदस्थापनअनुसार राजेश उप्रेती लाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्की लाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय तथा राजेन्द्र खड्का लाई मानवस्रोत विभागमा जिम्मेवारी दिइएको छ। सशस्त्र प्रहरी बलमा डीआईजी तहमा गरिएको यो व्यापक हेरफेरलाई संगठनको कार्यसम्पादन, कमाण्ड संरचना र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ।