काठमाडौं ।
अल्पाईन स्पोटर्स फेडेरेसन नेपालको आयोजनामा काठमाडौं–कालिन्चोक टि.एस.डि. मोटरसाईकल र्याली सम्पन्न भएको छ ।
टुर डे हिमालयको नाममा र ब्रान्डमा गरिएको सो र्याली आउँदो वर्षदेखि अर्न्तराष्ट्रिय स्तरको नेपाली ब्रान्ड बनाउने उद्देश्य सहित आयोजना गरिएको हो । सातटोबाटो स्थित अल्पाईन स्पोर्टस फेडेरेसनको कार्यालयबाट शुरु भएको सो र्यालीमा २१ वटा मोटरसाईकल, ४१ जना खेलाडी तथा ८ जना प्राविधिक गरी ४९ जनाकोे सहभागिता रहेको थियो । एक्स पल्स राइडर्स क्लवको व्यवस्थापनमा सम्पन्न र्याली बनेपा–दोलालघाट–खाडीचौर–मुडे–चरिकोट हुँदै कालिन्चोकको कुरी बजारमा पुगेर समापन भएको थियो ।
समय, गति र दूरीको सिस्टमलाई संयोजन गरी व्यवस्थापन गरिएको उक्त र्यालीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले स्वागत गर्नुभएको थियो । नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित सो र्यालीले दोलखालाई साहसिक खेलको गन्तव्य बनाउने विश्वास गर्न सकिन्छ । नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले जेठ १५ गते फ्ल्याग अप गरि शुभारम्भ गर्नुभएको सो र्यालीको ट्रान्स हिमालयन क्षेत्रको खेलकूदमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।











प्रतिक्रिया