ललितपुर ।
ललितपुर महानगरपालिका वडा नंं १८, भैंसेपाटी र मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । अस्पतालले वडाका स्थायी बासिन्दाहरुलाई २० प्रतिशत र भाडामा बस्नेहरुका लागि १० प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौता यसअघि नै भएपनि औपचारिक कार्यक्रबीच जानकारी दिइएको अस्पतालका बिजनेश डिभलपमेन्ट विभागका सञ्जय त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नंं १८ का अध्यक्ष दामोदर खड्कासहित जनप्रतिनिधि तथा अस्पतालका तर्फबाट सिइओ डा. तोमार पवारसहितको उपस्थित रहेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष खड्काले अस्पतालसँग विभिन्न विषय विवाद नटुंगिएपनि जनताको सेवामा दुवै पक्षले सम्झौता गरेको जानकारी दिनुभयो । उहाँले छुटको निरन्तरतासँगै हरेक दुइ वर्षमा सम्झौता नवीकरण गर्दा थप सेवा दिने बिषयमा पहल गर्ने जानकारी दिनुभयो ।
मेडिसिटी अस्पतालका सिइओ डा. पवारले ठूला अस्पतालको शुल्कलाई मुल्यांकन गर्दा मेडिसिटीले कम मुल्य लिएको दावी गर्नुभयो । पवारले वडा नं. १८ अस्पताल रहेको वडा भएको परिवारको रुपमा लिएको बताउनुभयो । उहाँले उपचारका क्रममा अस्पतालमा गल्ती हुन नदिने, संक्रमणमा विशेष ध्यान दिने गरेको जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. १८ का वडा सदस्य गोपाल डंगोलले अस्पतालमा स्थानीयको पहुँच सँगसँगै उनीहरुको रोजगारीमा ध्यान दिन आग्रह गर्नुभयो । डंगोलले अस्पतालसँग रहेका जग्गासहितको विवाद छिट्टै टुंगिनुपर्ने भाव व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा अस्पतालको सिएसआर सहयोग अन्तर्गत वडाभित्रको स्वास्थ्य केन्द्रलाई रु ८ लाख ९८ हजार ६२० रुपैयाँ हस्तान्तरण गरिएको थियो ।











प्रतिक्रिया