विश्वकप २०२६: समूह सी मा ब्राजिललाई सहज प्रतिद्वन्द्वी

0
Shares

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल जून ११ देखि सुरु हुने फिफा विश्वकपअन्तर्गत समूह सी मा परेको छ । यस समूहमा ब्राजिलको प्रतिद्वन्द्वीहरू औसत खालका टिमहरू रहेका छन् । यसअनुसार ब्राजिलको लागि समूह चरण कटानउन त्यति समस्या नपर्ला ।

ब्राजिल

ब्राजिल फिफा विश्वकपमा सर्वाधिक उपाधि जित्ने टिम हो । अहिलेसम्म ब्राजिलले ५ पटक विश्वकपको उपाधि जितिसकेको छ । १९५८ मा पहिलोपटक उपाधि जितेको ब्राजिलले अर्को संस्करण १९६२ को विश्वकप उपाधि पनि जित्यो । यसपछि १९६६ मा ब्राजिल कमजोर देखियो । तर, १९७० को विश्वकपमा उपाधि जितेर ब्राजिलले विश्वकप उपाधिमा ह्याट्रिकसमेत ग¥यो । यसपछि विश्वकप १९९४ जितेको ब्राजिलले २००२ को विश्वकप उपाधि जितेको हो ।

स्कटल्यान्ड

स्कटल्यान्ड ६ संस्करणको ग्यापपछि विश्वकपमा छनोट भएको छ । पछिल्लोपटक १९९८ को विश्वकप खेलेको स्कटल्यान्डले खासै राम्रो प्रभाव छोड्न सकेको छैन । ८ पटक विश्वकपमा खेलेको स्कटल्यान्डले नकआउटमा स्थान बनाएको छैन । यसपटक ब्राजिलसँगैं अफ्रिकी टोली मोरक्को पनि बलियो नै देखिन्छ । यसकारण स्कटल्यान्डको लागि यसपटक पनि समूह चरण पार गर्न कठिन नै हुने देखिन्छ ।

मोरक्को

अफ्रिकी राष्ट्र मोरक्को गत विश्वकप २०२२ मा सानदार प्रदर्शन गरेको टिम हो । कतारमा सम्पन्न सो विश्वकपमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराएर सेमिफाइनलको यात्रा गरेको थियो । सेमिफाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो । मोरक्कोले यसपालि पनि यस्तै प्रदर्शन गर्ला भन्ने अनुमान लगाउन सकिन्छ । किनभने मोरक्को हालै सम्पन्न अफ्रिकी कपको फाइनलमा पनिे पुगेको थियो ।

हाइटी

हाइटीको यो विश्वकप दोस्रोपटकको सहभागिता हुनेछ । यसअघि १९७४ को विश्वकपमा खेलेको हाइटीको यात्रा समूह चरणसम्मै रहेको थियो । तर, यसपटक पनि हाइटीको लागि समूह चरण पार गर्न मुस्किल नै हुनेछ । समूहमा ब्राजिल, मोरक्को जस्ता बलियो टिमहरूविरुद्ध हाइटीले सामना गर्नु पर्ने हुन्छ ।

जेठ ३१ गते बिहान ३ः४५ बजे ब्राजिल– मोरक्को (मेटलाइफ स्टेडियम)

जेठ ३१ गते बिहान ६्रः४५ बजे हाइटी– स्कटल्यान्ड (जिलेट स्टेडियम)

असार ६ aगते बिहान ३ः४५ बजे स्कटल्यान्ड– मोरक्को (जिलेट स्टेडियम)

असार ६ गते बिहान ६ः१५ बजे ब्राजिल–हाइटी (लिङ्कन फिनान्शल फील्ड)

असार ११ गते बिहान ३ः४५ बजे मोरक्को– हाइटी (मर्सिडिज–बेन्ज स्टेडियम)

असार ११ गते बिहान ३ः४५ बजे स्कटल्यान्ड– ब्राजिल (हार्ड रक स्टेडियम)