३३ एसएसपीको सरुवा, काठमाडौं–ललितपुर परिसरमा नयाँ प्रमुख नियुक्त


काठमाडौं ।

गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) स्तरका ३३ जना अधिकृतको सरुवा गरेको छ । सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट गरिएको सरुवामा काठमाडौं उपत्यकाका महत्वपूर्ण प्रहरी इकाइहरूमा समेत नयाँ नेतृत्व पठाइएको छ ।

सरुवा अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलीप घिमिरे र जिल्ला प्रहरी परिसर ललितपुरमा तुलबहादुर कार्की सरुवा भएका छन् । त्यसैगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा शान्तिराज कोइराला खटिएका छन् ।

प्रदेशस्तरीय तालिम केन्द्रहरूमा पनि व्यापक सरुवा गरिएको छ । जसअनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा शिवकुमार श्रेष्ठ, मधेश प्रदेश प्रहरी तालिम केन्द्र धनुषामा प्रज्वल महर्जन, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा वीरबहादुर बुढामगर सरुवा भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जयसिंह थापा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र रुपन्देहीमा दयानिधि ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र डोटीमा प्रवीण धिताल को सरुवा गरिएको छ ।

गृह मन्त्रालयका अनुसार यो सरुवा संगठनात्मक कार्यक्षमता सुधार, प्रशासनिक सन्तुलन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन गरिएको नियमित प्रक्रिया हो