काठमाडौं ।
संघीय संसद् भवन परिसरमा चिप्लिएर प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ घाइते भएकी छन्।
सोमबार संसद् भवन परिसरमा हिँड्ने क्रममा चिप्लिँदा उनको खुट्टामा चोट लागेको बताइएको छ। घटनापछि संसद् परिसरमै प्राथमिक उपचार गरिएको थियो।
खुट्टामा चोट लागेपछि थप उपचारका लागि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको संसद् सचिवालय स्रोतले जनाएको छ।
सांसद तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।











प्रतिक्रिया