काठमाडौं।
टोखास्थित स्केटर्स नेपालमा जेठ १६ गते आयोजित ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता विविध प्रस्तुति समावेश थिए। यी गतिविधिमार्फत उदीयमान तथा भूमिगत कलाकार र खेलाडीहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए।
दर्शकहरूको उल्लेखनीय सहभागिताबीच प्रत्येक प्रस्तुतिले उत्साहपूर्ण प्रतिक्रिया पाएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए। उनको प्रदर्शनले दर्शकहरूलाई आकर्षित गर्नुका साथै कार्यक्रमको रोमाञ्च थप बढाएको थियो।
आयोजकका अनुसार ‘पल्सर आरपीएम टेकओभर’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो।
विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिलाई एकै स्थानमा समेट्दै सम्पन्न भएको कार्यक्रमले सहभागी युवाहरूलाई नयाँ अनुभव र प्रेरणा प्रदान गरेको बताइएको छ।











प्रतिक्रिया