काठमाडौँ।
डडेल्धुराको परशुराम नगरपालिका- ५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बेपत्ता हुनेमा परिगाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेकाे जनाएकाे हाे । गत शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा–भाञ्जा नाता पर्ने भएकाे प्रहरीले बताएका छन् ।
महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू भएकाे प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे हाे ।











प्रतिक्रिया