धादिङको गजुरी र बेनिघाटराेराङमा शङ्कास्पद हैजाका बिरामी, पानी परीक्षण गरिने

564
Shares

धादिङ। 

धादिङको बेनिघाट राेराङ गाउँपालिका र गजुरी गाउँ पालिकामा शङ्कास्पद हैजाका बिरामी फेला परेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ५ ओडारे दाेभानेमा एकजना शङ्कास्पद हैजाको बिरामी फेला परेको छ । शङ्कास्पद बिरामीलाई काठमाडौँ  प्रेषण गरिएको छ । अन्य मानिस संस्थामा नआएकाे र वर्षाकाे समयमा पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको गजुरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गाेबिन्द लामीछानेले बताउनुभयो ।

गजुरी गाउँपालिका वडा नम्बर ३ मा पनि झाडापखालाका विरामीहरु एकहप्तामा तीनजना स्वास्थ्य संस्थामा आएकाे जनाईएकाे छ ।

यसैगरि बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ८ बाेमराङमा तिनजना शङ्कास्पद  हैजाका बिरामी उपचार हुँदै गरेको स्थानीय अम्मरबहादुर चेपाङले जानकारी दिनुभयाे ।

गाउँँमा वर्षालागेपछि झाडनपखाला लाग्ने गरेको भएपनि यसवर्ष कडा बिरामी परेकोले उपचारका लागि काठमाडौँ  पठाउनुपरेकाे स्थानीयकाे भनाई छ ।

बेनिघाटराेराङ गाउँपालिका वडा नम्बर ६ का स्वास्थ्य केन्द्रका इन्चार्ज  पुरुषोत्तम अर्यालका अनुसार घरधुरी सर्वेक्षण गर्दा अन्य बिरामी नभएको र २ जना शङ्कास्पद हैजाको बिरामी भेटिएको बताउनुभयो ।

हैजाँकाे बिरामी परीक्षणबाट पुष्टि भएकाेले गजुरी गाउँपालिकामा बुधवार खानेपानी परीक्षण गरिने जनस्वास्थ्य कार्यालय धादिङका सूचनाअधिकारी ताेया छत्कुलीले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयले पानी शुद्धीकरण गरेर वा उमालेर पिउन सम्पूर्ण नागरिकहरू समक्ष आग्रह गरेको छ ।