धादिङ।
धादिङको बेनिघाट राेराङ गाउँपालिका र गजुरी गाउँ पालिकामा शङ्कास्पद हैजाका बिरामी फेला परेको छ ।
गजुरी गाउँपालिका वडा नम्बर ५ ओडारे दाेभानेमा एकजना शङ्कास्पद हैजाको बिरामी फेला परेको छ । शङ्कास्पद बिरामीलाई काठमाडौँ प्रेषण गरिएको छ । अन्य मानिस संस्थामा नआएकाे र वर्षाकाे समयमा पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको गजुरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गाेबिन्द लामीछानेले बताउनुभयो ।
गजुरी गाउँपालिका वडा नम्बर ३ मा पनि झाडापखालाका विरामीहरु एकहप्तामा तीनजना स्वास्थ्य संस्थामा आएकाे जनाईएकाे छ ।
यसैगरि बेनिघाटराेराङ गाउँ पालिका वडा नम्बर ८ बाेमराङमा तिनजना शङ्कास्पद हैजाका बिरामी उपचार हुँदै गरेको स्थानीय अम्मरबहादुर चेपाङले जानकारी दिनुभयाे ।
गाउँँमा वर्षालागेपछि झाडनपखाला लाग्ने गरेको भएपनि यसवर्ष कडा बिरामी परेकोले उपचारका लागि काठमाडौँ पठाउनुपरेकाे स्थानीयकाे भनाई छ ।
बेनिघाटराेराङ गाउँपालिका वडा नम्बर ६ का स्वास्थ्य केन्द्रका इन्चार्ज पुरुषोत्तम अर्यालका अनुसार घरधुरी सर्वेक्षण गर्दा अन्य बिरामी नभएको र २ जना शङ्कास्पद हैजाको बिरामी भेटिएको बताउनुभयो ।
हैजाँकाे बिरामी परीक्षणबाट पुष्टि भएकाेले गजुरी गाउँपालिकामा बुधवार खानेपानी परीक्षण गरिने जनस्वास्थ्य कार्यालय धादिङका सूचनाअधिकारी ताेया छत्कुलीले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालयले पानी शुद्धीकरण गरेर वा उमालेर पिउन सम्पूर्ण नागरिकहरू समक्ष आग्रह गरेको छ ।











प्रतिक्रिया