वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

‘नक्कली बाबु’ बनेर नागरिकता दिलाएको आरोप


वीरगञ्ज ।

बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले आज पक्राउ पुर्जी जारी गरेको हो ।

प्राप्त जानकारी अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भए पनि हाल लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको हो । उनीमाथि ‘नक्कली बाबु’ बनेर एक युवतीलाई नागरिकता दिलाएको आरोप लागेको छ ।

प्रहरी स्रोतका अनुसार अदालतको आदेशपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने अनुसन्धानलाई थप तीव्र पारिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ । पक्राउ पुर्जी जारी भएपछि स्थानीय तहदेखि राजनीतिक वृत्तसम्म यस विषयले तरंग पैदा गरेको छ ।

यस प्रकरणमा संलग्नता, नागरिकता प्रक्रिया र लिखत किर्ते सम्बन्धी विषयमा विस्तृत अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।