काठमाडौँ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सरकारले संवेदनशील निकायहरूमा पदाधिकारी बर्खास्त गरेर संस्थागत रिक्तता सिर्जना गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग मा देखिएको रिक्तताले सङ्क्रमणकालीन न्याय प्रक्रिया अन्योलमा परेको बताए।
उनले द्वन्द्वपीडितहरूले अझै न्याय नपाएको उल्लेख गर्दै सक्षम र निष्पक्ष व्यक्तिहरू नियुक्त गरी आयोगहरूलाई तत्काल सक्रिय बनाउन सरकारसँग माग गरे। साथै, टीआरसी ऐनमा अझै कानुनी कमजोरी रहेको भन्दै चौथो संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए।











प्रतिक्रिया