पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।