काठमाडौं ।
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा पठाइएको छ। डीआईजी दिनेशकुमार आचार्य नेतृत्वको समितिले इन्सपेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहमाथि विभागीय कारबाही सिफारिस गरेको स्रोतले जनाएको छ।
प्रतिवेदनपछि इन्सपेक्टर भुजेललाई खुर्कोटबाट बागमती प्रदेश कार्यालय सरुवा गरिएको छ भने अन्य १० प्रहरीलाई सचेत गराउन सिफारिस गरिएको छ। विक ७ वैशाखमा हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए। घटनापछि सांसदहरू र स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै दबाब दिएका थिए।











प्रतिक्रिया