नयाँ दिल्ली ।
ओमानको तट नजिक भारतीय झण्डा बोकेको एउटा व्यावसायिक जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ। घटनापछि भारतले कडा असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय समुद्री सुरक्षा र व्यापारमाथि गरिएको यस्तो आक्रमण पूर्ण रूपमा अस्वीकार्य भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार यो घटना स्ट्रेट अफ होर्मुज र वरपरको संवेदनशील अन्तर्राष्ट्रिय जलमार्गमा बढ्दो तनावबीच भएको हो।
हाल अमेरिका र इरानबीचको सम्बन्धमा युद्धविरामको अवस्था भए पनि क्षेत्रीय सुरक्षा अवस्था अत्यन्तै अस्थिर रहेको बताइएको छ।मिनिस्ट्री अफ एक्टरनल अफ्फैर्स इन्डियाका प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाज र नाविकहरूलाई बारम्बार लक्षित गर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरिएको छ।
उनले यस्तो आक्रमणलाई कुनै पनि परिस्थितिमा स्वीकार गर्न नसकिने बताए। मन्त्रालयका अनुसार जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यहरू सुरक्षित रहेका छन्। घटनापछि उद्धार तथा सुरक्षा कार्यमा सहयोग गरेकोमा भारतले ओमानका अधिकारीहरूलाई धन्यवाद पनि दिएको छ।
Oman तट नजिक भएको यो आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूह वा देशले लिएको छैन। भारतले आक्रमणकारीको पहिचानबारे स्पष्ट उल्लेख नगरे पनि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। पश्चिम एसियामा जारी भू–राजनीतिक तनाव, इरान–अमेरिका द्वन्द्व र समुद्री मार्गहरूको जोखिमबीच भएको यस घटनाले अन्तर्राष्ट्रिय समुद्री व्यापार र सुरक्षा चुनौती थप बढाएको विश्लेषण गरिएको छ।











प्रतिक्रिया