प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति


काठमाडौं ।

प्रतिपक्षी दल नेकपा एमाले ले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा सरकारले स्थापित मान्यता उल्लंघन गरेको आरोप लगाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्याल ले न्यायपालिकाको नेतृत्व प्रधानमन्त्रीको तजबिजबाट तय गर्ने खतरनाक भाष्य स्थापित गर्न खोजिएको टिप्पणी गरिन् ।

उनले संसद् आह्वान भइसकेपछि अध्यादेश ल्याइनु सरकार आफ्नो निर्णयमाथि उठ्ने प्रश्नबाट भाग्न खोजेको संकेत भएको बताइन् । साथै, अध्यादेश कार्यान्वयनसँगै गरिएको प्रधानन्यायाधीश सिफारिसले इतिहासमै पहिलोपटक स्थापित अभ्यासको धज्जी उडाएको दाबी गरिन् ।