काठमाडौँ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा देशभर बदली कायम रहनेछ। कोशीदेखि लुम्बिनी प्रदेशसम्मका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया