काठमाडौं ।
बाल व्यवसायी केन्द्र मावि र डिफेन्डिङ च्याम्पियन मनास्लु चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा बाल व्यवसायीले अञ्जलीलाई ३–० गोलले पराजित ग¥यो । विजेताका विपिन कार्की, अर्जुन खडायत र आशिष धारले १–१ गोल गरे । मनास्लुले न्युटन चिल्ड्रेन एकेडेमीलाई ७–१ को फराकिलो गोलअन्तरले हरायो ।
मनास्लुका विमल तामाङ र संगम तामाङले २–२ तथा रवि तामाङ, रविन तामाङ र युवराज गोल्पतीले १–१ गोल गरे । न्युटनका श्री थापाले सान्त्वना गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा हेरिटेजले हिलारी ‘ए’ लाई ४–० गोलले पाखा लगायो । हेरिटेजका लक्की तामाङले २ तथा आयुश मगरले १ गोल गरे । एक गोल आत्माघाती रह्यो ।
खेलमा बाल व्यवसायीका आशिष धार, मनास्लुका विमल तामाङ र हेरिटेजका लक्की तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।











प्रतिक्रिया