प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : शेखर कोइराला

अभिव्यक्ति स्वतन्त्रताको रक्षा आजको आवश्यकता


काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी, पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले सत्य, निष्पक्षता र जनउत्तरदायित्वमा आधारित पत्रकारिताले समाजलाई सचेत र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। वर्तमान जटिल राजनीतिक परिवेशमा स्वतन्त्र प्रेस अझ आवश्यक रहेको उल्लेख गर्दै उनले यसलाई लोकतन्त्रको आधार स्तम्भको रूपमा व्याख्या गरेका छन्।

कोइरालाले प्रेस स्वतन्त्रता अधिकार मात्र नभई जिम्मेवारी पनि भएको बताउँदै विश्वसनीय सूचना प्रवाह, दबाबमुक्त रिपोर्टिङ र नागरिकको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्। साथै, स्वतन्त्र र सशक्त पत्रकारिता बिना लोकतन्त्र कमजोर हुने भन्दै प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरेका छन्।