अध्यादेश ल्याउनु लोकतन्त्रविरुद्ध कदम : संयोजक दाहाल


काठमाडौँ। 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सदन स्थगित गरेर अध्यादेश ल्याउने कार्य लोकतन्त्र र संवैधानिक परम्पराविपरीत भएको बताएका छन्।

रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रेड युनियन र विद्यार्थी आन्दोलनमाथि नियन्त्रण गर्ने प्रयास निरंकुशतातर्फको संकेत भएको टिप्पणी गरे।

सुकुमवासी बस्ती हटाउने क्रममा बल प्रयोग गरिएको भन्दै उनले त्यसको विरोध गरेका छन्। साथै, हालै सम्पन्न आमनिर्वाचन स्वाभाविक नभएको दाबी गर्दै उनले पार्टी महाधिवेशन मंसिर ११–१५ मा गर्ने जानकारी दिएका छन्।