काठमाडौं ।
नेकपा एमालेका सचिव महेश बस्नेतले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने प्रस्तावलाई “मूर्खताको पराकाष्ठा” भन्दै कडा आलोचना गरेका छन्। उनले संविधानले दिएको संगठन स्वतन्त्रता र नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँग गरेको प्रतिबद्धता सम्झिनुपर्ने बताएका छन्।
उनले बालेन शाहको नेतृत्वबाट यस्ता धारणा आउनु गम्भीर बहसको विषय भएको उल्लेख गर्दै संगठनहरूमा कमजोरी भए पनि समाधान खारेज नभई सुधार र प्रभावकारी नियमन हुनुपर्ने बताएका छन्।
बस्नेतले तोडफोड र ध्वंस गर्न सजिलो भए पनि निर्माण र समृद्धि स्पष्ट दृष्टि, कडा मेहनत र दीर्घकालीन प्रतिबद्धताबाट मात्र सम्भव हुने बताए। साथै, उनले अघिल्लो नेतृत्वप्रति गरिएको आलोचनालाई स्वर्णिम वाग्लेद्वारा सार्वजनिक श्वेतपत्रले खण्डन गरेको दाबी गरे।
एक महिनामै नयाँ नेतृत्वमाथि उठेका असन्तुष्टि र प्रश्नहरूलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै उनले लोकतन्त्र बलियो बनाउने बाटो अधिकार कटौती नभई संस्थागत सुधार र विधिको शासन भएको स्पष्ट पारे।











प्रतिक्रिया