लन्डन, (एजेन्सी) ।
रियल जारागोजाका गोलकीपर एस्टेबान एन्ड्राडा विपक्षी टोलीका खेलाडीलाई अनुहारमा मुक्का हानेपछि रातो कार्डका भागीदार भएका छन् । स्पेनको दोस्रो श्रेणीको खेलमा हुइस्काका कप्तान जर्ज पुलिडोलाई एन्ड्राडाले मुक्का हानेका थिए ।
खेलमै यसअघि उनले एक खेलाडीलाई धकेलेपछि पहेँलो कार्ड आत्मसात गरिसकेका थिए । पछि खेल सकिनेबेला उनले विपक्षीका कप्तानलाई मुक्का हानेपछि अर्को पहेँलो कार्ड पाएपछि उनलाई रातो कार्ड देखाइएको थियो ।
यसपछि हुलदंगा भएपछि फेरि दुई खेलाडीले सेन्ट अफ भएका थिए । जसमा, हुइस्काका गोलकीपर डानी जिमीनेज र जारागोजाका खेलाडी डानी टासेन्डेले रातो कार्ड बेहोरेका थिए ।
एन्ड्राडाले पछि यस विषयमा माफी माँगेका थिए ।
उनले बताए–जर्ज पुलिदोसँग म माफी माँग्छु । उनी मेरा साथी पनि हुन् । यो मेरो गल्ती हो, मैले त्यस समयमा केही सोच्न सकिन ।
हुइस्काले १–० ले जितेको यस खेलमा ओस्कार सील्भाले निर्णायक गोल गरेका थिए । यस सिजनको ५ खेल बाँकी हुँदा दुबै टोली रेलिगेसन जोनमै रहेका छन् । ३५ वर्षीय एन्ड्राडाले अर्जेन्टिनाका लागि चार खेलमा गोलकीपिङसमेत गरिसकेका थिए ।











प्रतिक्रिया