काठमाडौं ।
नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा तीन हजार रुपैयाँले घटेको सुनको मूल्य बुधबार पनि सोही दरले घट्दै प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घट्दै चार हजार नौ सय १५ रुपैयाँमा सीमित भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार ६ सय दुई अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी दिइएको छ।











प्रतिक्रिया