कांग्रेस संसदीय दलमा जिम्मेवारी बाँडफाँट, राष्ट्रिय सभा र प्रतिनिधि सभामा नयाँ अनुहार


काठमाडौँ ।

भीष्मराज आङदेम्बे नेतृत्वको नेपाली कांग्रेस संसदीय दलले विभिन्न पदमा नयाँ मनोनयन गर्दै संसदीय संरचनामा पुनर्संरचना गरेको छ।

संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा कमला देवी पन्त लाई मनोनयन गरिएको छ।

त्यस्तै, धारा ७ (१) अनुसार प्रतिनिधि सभाका लागि उपनेतामा अभिषेक प्रताप शाह लाई जिम्मेवारी दिइएको छ। प्रतिनिधि सभामा दलको गतिविधि सञ्चालन र समन्वयमा उनले प्रमुख भूमिका खेल्नेछन्।

यता, धारा १३ (२) अनुसार मुख्य सचेतकमा बासना थापा लाई नियुक्त गरिएको छ भने धारा १३ (३) बमोजिम सचेतकमा निश्कल राई लाई मनोनयन गरिएको छ।

नयाँ जिम्मेवारी बाँडफाँटसँगै नेपाली कांग्रेसले संसदमा आफ्नो उपस्थितिलाई थप प्रभावकारी बनाउने रणनीति अघि सारेको देखिएको छ। नयाँ पदाधिकारीहरूबाट दलको नीति, अनुशासन र समन्वयलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।